काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागिएको जानकारी दिएको छ ।महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको बताएका हुन् ।
उनका अनुसार पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटनाको हुने क्रम बढी छ ।अब नयाँ सवारी ऐन आउँदैछ । त्यसमा यो प्रावधान राख्न लागिएको हो’, पन्तले भने, ‘हेलमेट पनि आईएसओ मान्यता प्राप्त मात्र प्रयोग गर्नुपर्ने नियममा उल्लेख हुनेछ ।
सोही अवसमा उनले ट्राफिक कारबाहीमा परेका व्यक्तिको सहजताका लागि अनलाइन पेमेन्ट सेवाको पनि सुरुवात् गर्न लागिएको बताए ।उनले भने, ‘हामीले सडकमै रसिद काट्न मिल्ने गरिको सिस्टम बनाइरहेका छौं । त्यसपछि मोबाइलबाटै जरिवाना तिर्न सकिनेछ ।’
उनले उपत्यकामा टेम्पो र निलो माइक्रोलाई विस्थापित गरेर ठूला सवारीलाई प्राथमिकता दिने योजना रहेको पनि बताए ।











