आजको- पञ्चाङ्ग वि.सं. २०७६ साल जेठ ६ गते,सोमबार, इश्वी सन् २०१९ मे २० तारिख, शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, तिथि– द्वितीया, २६:०५ बजेउप्रान्त तृतीया, नक्षत्र– ज्येष्ठा, २७:२९ बजेउप्रान्त मूल, योग– शिव, १२:३८ बजेउप्रान्त सिद्ध, करण– तैतिल, १४:०७ बजेदेखि गर, २६:०५ बजेउप्रान्त वणिज, आनन्दादिमा पद्म योग, चन्द्रराशि– वृश्चिक, २७:२९ बजेउप्रान्त धनु, सूर्योदय– ५:१५ बजे, सूर्यास्त– १८:४७ बजे र दिनमान ३३ घडी ५२ पला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सहयोगीहरूले काममा साथ दिनेछन्,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,मानसम्मानमा बृद्धि हुनेछ,आजको शुभ अंक १० रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आज कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ ,चोटपटकको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) – प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,आजको शुभ अंक २ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेतमिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – महत्वपूर्ण काममा ध्यान दिनु होला,आजको दिन तेती राम्रो छैन,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, जिपारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,आजको सुभ अंक ८ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आजको शुभ अंक ४ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,टाढाको यात्रा सम्भावना छ, शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।