झापा । धादिङमा भएको सवारी दुर्घटनामा परि झापा हल्दिबारी ५ निवासी कृष्ण निरौलाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका – ६ बन्छेटारस्थित काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको बस त्रिशूली नदिमा खस्दा निरौलासहित ९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
पृथ्वी राजमार्गबाट ५० मिटर तल रात्रीबस आइतबार बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख नवराज ढुंगेलले जानकार दिए । झापाका अन्य केहि व्यक्ति समेत घाइते छन् ।










