दमक/उमेरले भर्खरै ४ दशक नाँघेका झापा गौरादहका नगेन्द्र भण्डारी पछिल्लो समयमा गौरादहमा एउटा सफल ब्यवसायि र राजनीतिक ब्याक्तिको रुपमा चिनिन्छन् । सामाजिक छबि कायम गरेका उनि यहाँसम्म आइपुग्न निक्कै कठिन यात्रा तय गरेकाछन् । गौरादह वडा नं. ३ मा बसोबास गर्ने उनको राजनीतिक चेतना सानो उमेर अर्थात बिद्यालय पढ्दा देखि नै रहेको थियो ।
२०४४ सालमा अनेरास्वबियूको अञ्चल कमिटी सचिब बनेका उनि २०४५ सालमा पक्राउ पनि परे । तत्कालिन पञ्चायति ब्यवस्था बिरुद्ध प्रचा बाडेको र टाँसेको आरोपमा उनलाइ पक्राउ गरिएको थियो । फागुण अन्तिममा पक्राउ परेका उनलाइ झण्डै एक महिना कारागारमा राखिएको थियो । गौरादह क्याम्पस स्वबियू सचिब पनि भए । २०५१ मा गौरादहमा स्वबियू सचिब भएपछि उनको स्थानीय पकड राम्रो हुन थाल्यो र त्यसपछि उनि २०५८ बाट पार्टी राजनीतिमा प्रवेस गरे ।
नेकपा एमाले गौरादह गाँउ कमिटिको २ कर्याकाल गौरादह गाँउ कमिटि अध्यक्ष बनेका उनि अहिले पार्टीको क्षेत्रिय सचिब पनि बने । जून भर्खरमात्र बिगठित भएको छ र आयोजक समितिमा परिवर्तित भएको छ । स्थानीय स्तरमा सबैसंग मिल्ने क्षमता राख्ने उनको नाम गौरादह नगरपालिकाको प्रमुखमा पनि आउन थालिसकेको छ ।
राजनीतिमा अब्बल रुपमा उदाएका उनि सामाजिक र ब्यवसायिक क्षेत्रमा पनि सफल ब्याक्तित्वको रुपमा आफूलाई स्थापित गराउन सफल भएकाछन् । गौरादहमा नै कन्काइ ग्याँस उद्योग प्रालिका सञ्चालक तथा ब्यवस्थापक रहेका उनि शैक्षिक क्षेत्रमा पनि दखल राख्छन् । एउटा नीजि बिद्यालय पनि सञ्चालन गर्दै आएकाछन् । राजनीति कमाइ खाने भाडो नबनाएर ब्यवसायिक भएर राजनीति गर्नु पर्छ भन्ने सोच आफूमा रहेको भण्डारी बताउछन् ।
कार्यकर्तालाइ समस्यामा पर्दा होस या अरु कसैलाइ उनि त्यहाँ पुगेर आफूले सक्ने सहयोग गर्ने गर्छन् । मिलनसार भएकाले अन्य राजनीतिक दलहरुले समेत उनको नाम लिन हिच्किचाउदैनन् । स्थानीय बिद्यालय, संघसंस्था, क्लव र सामाजिक संस्थाहरुमा उनि कुनै न कुनै रुपमा आवद्ध रहेकाछन् । इमान्दारिताले नै आफूलाइ यहाँसम्म ल्याइपुर्याएको र आफू इमान्दार भएर अघि बढ्ने उनको भनाइ छ ।



