प्रहरीले खुंखार डाका काले भन्ने बिष्णु तामाङलाई गाेली हानेर नियन्त्रणमा लिएकाे छ।
महानगरीय अपराध महाशाखाकाे टाेलीले साेमबार बिहान सवा ६ बजे कालेलाई काठमाडाैँकाे टाेखामा गाेली हानेर नियन्त्रणमा लिएकाे हाे।
उनकाे घुँडामा गाेली लागेकाे छ। घाईतेकाे बीर अस्पतालमा उपचार भईरहेकाे छ।
तत्कालिन डिआइजीद्वय जयबहादुर चन्द र विश्वराजसिंह शाहीसहित बुढानिलकण्ठ एरियाका दर्जनाै घरमा श्रृखलावद्व चाेरी र डकैतीमा संलग्न काले ६ वर्ष जेल बसेर छुटेका थिए।
कारागार मुक्त भएलगत्तै उनले उपत्यकाका ८ ठाँउमा डकैती गरेकाे आरोपमा महाशाखाकाे टाेलीले खाेजी रहेकाे थियाे।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाले नियन्त्रणमा लिन खाेज्दा पेस्ताेल तेर्साएपछि जवाफी कारवाही भएकाे बताए।
उनले घाईते खुंखार र पेशेवर डाँका भएकाे बताए। 'हामीले खाेजी रहेका थियाैं, एसएसपी थापाले भने, 'पेस्ताेल तेर्साएपछि गाेली हानेर नियन्त्रणमा लिनु पर्याे।'
कालेलाई २०६७ बैशाख २ गते अपराध महाशाखाले पक्राउ गरेकाे थियाे। उनी डाँका मु्द्दामा ६ वर्ष सजाय भुक्तान गरेर २०७२ मा रिहा भएका थिए।
Source-https://nepalkhabar.com/np/news/community/62289/











