ओखलढुंगा । गाउँमा सिंचाईका लागि पक्की कुलो निमार्ण भएपछि दुई गाउँपाबीचको वषौदेखिको विवाद समाधन भएको छ ।ओखलढुंगाको सिद्धिचरण नगरपालिका १० हरिबोले खोलाको भुलभुले मुहानबाट पानी लाने विषयमा सोही स्थानको आम्जाने र रुप्सेका बासिन्दाबीच बषौदेखि चल्दै आएको विवाद समाधन भएको हो । दुई गाउँको सिंचाई मुहान एउटै भएपछि गाउँलेहरुबीच बारमबार पानी खोसाखोस हुने गरेको थियो ।

पानीकै कारण चर्कीएको विवाद प्रहरी प्रशासन सम्म धेरै पटक पुगिसकेको छ । तर हाल आएर जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले दुबै गाउँका लागि पक्की कुलो निमार्ण गरीदिएपछि गाउँलेहरुबीच बराबरी पानी बाढ्ने सहमती भएको छ । यसअघि अस्थाई कुलोबाट गाउँमा पानी पुर्याउदाँ मुहानबाट फर्काएको पानी खेतसम्म नपुग्दै अर्को गाउँका बासिन्दाले फर्काउने गरेकै कारण धेरै पटक विवाद हुदै आएको भएपनि अब भने यस्तो विवाद समाधान भएको रुप्सेका स्थनीय बासीन्दा लाल कुमार थापामगरले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वर्षाको समयमा खोलामा प्रशस्त पानी हुने भएकाले पालो गर्नु नपर्ने भएपनि हिउँदमा भने पालैपालो पानी लैजाने सहमति गरिएको छ । पनी अभावकै कारण गाउँमा बालीनाली सुकेर खडेरी परेको अवस्थामा पक्की कुलोमार्फत पानी पुगेपछि कृषकहरु नगदेबाली तर्फ उन्मुख हुन थालेका छन् । प्रशस्त पानी पाएपछि परम्परागत बालीको उत्पादन दोब्बर बढेको सिद्धिचरण नगरपालिका १० डाँडाँखर्कका स्थानिय टुक्चिमाया मगरले बताए ।

यस आयोजनामा मार्फत कात्तिके तर्फ १९ हेक्टर र भुलभुले तर्फ २१ हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको छ । यस आयोजनाबाट लगभग १ सय ४५ घरधुरी लाभान्वित भएका छन् । चुहिएर खेर गएको पानीलाई व्यवस्थित गरी गाउँसम्म पुर्याएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय ओखलढुंगाका प्रमुख महेश यादवका अनुसार कुल १ करोड २० लाख रुपैयाँको लागतमा निमार्ण सम्पन्न भएको पक्की कुलोबाट लगभग ९५ प्रतिशत पानी निरन्तर खेतसम्म पुग्ने उहाँको भनाई छ  ।

स्थानीयले हाल कुलोको पानी सदुपयोग गरी परम्परात बालिका साथै नगदेबाली समेत लगाउदै आाएका छन् । सिँचाइ सहज भएपछि स्थानीयले साग,टमाटर,लसुन,प्याज लगायतका नगदेबालीका समेत लगाउदै बिक्रिबितरण गर्न थालेका छन्