काठमाण्डु, ६ जेठ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले भने, ‘सार्वजनिक संस्थान डुबाउनेको अपराध हेरीकन मृत्यदण्डको सजायसमेत दिनुपर्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सांसद सुवालले यस्तो धारणा राखे पनि संविधानतः कुनै पनि अपराधमा मुत्यृदण्ड वा फाँसी दिन पाँइदैन ।

औद्योगिक व्यवसाय विधेयकमाथि आफूले दर्ता गरेको विरोधको सूचनाबारे धारणा राख्दै सांसद सुवालले लघु, घरेलु र साना उद्योग निजी क्षेत्र र मझौला तथा ठूला उद्योग राज्यले सञ्चालन गर्नुपर्ने बताए ।

विधेयकमा भएको एक अर्ब भन्दामाथिको उद्योगलाई आयकर छुट, लिजमा जग्गा उपलब्ध गराउने लगायतका छुट दिने व्यवस्थाको उनले विरोध गरे ।

‘विधेयकमा पूँजी भएकाले मात्रै मत खसाल्न पाउँछ भन्ने लेख्न मात्रै बाँकी छ’ सांसद सुवालले भने, ‘सबै सुविधा पुँजी भएकाले मात्रै पाउने हो भने गरिब कसरी बाँच्ने ? यो केही शोसकका लागि ल्याएको विधेयक भएन र ?’