काठमाडौँ | अब टिभिएसका मोटरसाइकल तथा स्कुटर नेपालमै बन्ने भएको छ। अब बजाजपछि टिभिएसका मोटरसाइकल तथा स्कुटर जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्नका लागि प्रक्रिया अघि बढाएको हो ।दुई पांग्रे बिक्रीवितरणको जिम्मा पाएको जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्नका लागि सम्भाव्यता अध्ययनको काम गरेको बताइएको छ ।

टिभिएसका सबै मोटरसाइकल तथा स्कुटर भन्दा पनि शुरुमा लोकप्रीय मोडलहरु एसेम्बल बताइएको छ।जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक दिपक अग्रवालका अनुसार नेपालमै एसेम्बल गर्नका लागि काम अघि बढाइएको बताएका छन् ।जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक दिपक अग्रवालले भने ‘सायदमा हामी अपाच्चेबाट शुरु गर्छौ होला, यद्यपी यसले केही समय भने लिन्छ’|