झापाको गौरादह नगरपालिकामा बैगुन्धुरा आयुर्वेद औषधालयले नसर्ने रोग ब्यवस्थापन कार्यक्रम अन्र्तगत घरदैलो क्लिनिक सेवा शुरु गरेको छ । गौरादह वडा नं. ८ को कार्यालयमा महिनामा २ दिन यो सेवा शुरु गरिएको र अन्य वाडमा समेत विस्तार गरिदै लैजाने औषाधलयका प्रमुख वेदप्रसाद शर्माले बताउनु भयो ।
सेवा शुभारम्भ गर्दै वडाका १ सयभन्दा बढि विरामीको जाँच सहित निशुल्क औषधि उपलब्ध गराईएको शर्माले जनाउनु भयो । उहाँका अनुसार प्रत्येक महिनाको ३ गते र १७ गते यो सेवा वाडमा नै दिइने पनि सो अवसरमा जानकारी गराईएको थियो । पछिल्लो समयमा आयुर्वेद उपचारमा आकर्षण बढेकाले यो सेवा प्रभावकारी बन्ने पनि शर्माले बताउनु भयो ।
वैगुन्धुरा आयुर्वेद औषधालय सञ्चालन समितिका अध्यक्ष समेत रहनु भएका गौरादह वाड नं. ९ का वडाध्यक्ष सिताराम भट्टराईले नगरपालिकाका सबै वाडहरुमा आर्युबेद उपचारलाइ पुर्याउनका लागि गाँउघर क्लिनिक प्रभावकारी हुने अपेक्षा रहेको र सोहि अनुसार नसर्ने रोग ब्यवस्थापन कार्यक्रम शुरु गरिएको उल्लेख गर्नु भयो ।
शिवसतासी दुधे आयुर्वेद औषधालयका प्रमुख टेकनाथ अर्यालले दुइवटा औषधालयहरुले समन्वय गरेर काम गर्दै आएको र सकेसम्म आयुर्वेद स्वास्थ्यलाइ हरेक नगरबासीको पहुँचमा पुर्याउने उदेश्य रहेको बताउनु भयो ।











