दमक/झापाको धरमपुर चर्चबारी झुनाबारी सडकको विच बिजुलिको पोल भएको स्थानीयले बारम्बार प्राधिकरणलाइ खबरगर्दा अहिलेस्म्म पोल ब्यवस्थित ग

र्न चासो नगएको पाईएको छ । स्थानीयले सडक बिस्तार गर्ने क्रममा पोल सडक बीचमा परेको छ भने यसबाट बिभिन्न दूर्घटनाहरु समेत भइरहेको बताईएको छ ।

पोलहरु खतरापूर्ण हुदा आवतजावतमा नै समस्या भइरहेको सढक निर्माण उपभोक्ता समितिका सचिब नेत्र नेम्बाङले बताए । पोलबाट तार खसेर एउटा गाइ मरिसकेको छ । माझी टोल छेउमा रहेको पोल हटाउन प्राधिरणसंग स्थानीयहरुले हारगुहार गरिरहेकाछन् ।उनिहरु भनिरहेकाछन्–‘बिधूत प्राधिकरण यो हटाइदेउ हाम्रो ज्यान बचाइदेउ’