आजको- पञ्चाङ्ग : वि.सं. २०७६ साल जेठ ७ गते, मंगलबार, इश्वी सन् २०१९ मे २१ तारिख,शकसंवत् १९४१, परिधावी संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३९ बछलागा,ज्येष्ठ कृष्णपक्ष, तिथि– तृतीया, २६:२३ बजेउप्रान्त चतुर्थी, नक्षत्र– मूल, २८:३० बजेउप्रान्त पूर्वाषाढा,योग– सिद्ध, ११:३८ बजेउप्रान्त साध्य,करण– वणिज, १४:१० बजेदेखि भद्रा, २६:२३ बजेउप्रान्त वव, आनन्दादिमा छत्र योग,चन्द्रराशि– धनु,सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १८:४८ बजे र दिनमान ३३ घडी ५४ पला। सायन सूर्य ९ः०८ बजे मिथुन राशिमा प्रवेश।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिवर्तनलाई आत्मसाथ गर्दै अगाडि बढ्न सक्दा मनग्गे आम्दानि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले समस्याहरु समाधान गर्दै अगाडि बढ्न सकिनेछ । सरकारि क्षेत्रमा तपाईको राम्रो उपश्थिती रहनेछ भने समयमा काम बन्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा अग्रज सँगको भेटघाटले महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्ययन तथा अध्यापनमा सफतला मिल्नेछ भने बिचार गरेर बुन्ने योजनाहरु सफल रुपमा सम्पन्न हुनेछन् । व्यापार व्यावसाय फस्टाएर बिशेषगरि स्कुल कलेज तथा शेयर बजार तिर गरिने लगानिमा सुधार भएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आफन्त तथा आत्मीय मित्रहरुबाट सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा मन परेको सामान प्राप्त हुने हुदा खुसिले उचाई नाघ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ । बोलिको प्रभाव बढ्ने तथा कर्म क्षेत्रमा तपाईको कामको उच्च मुल्याङकन हुनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा आथित्यको रुपमा सत्कार पाईने योग रहेकोछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्नसके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गैर सरकारि सस्था तथा बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । लामो यात्राको अभिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुँने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah