पाँचथर । पाँचथरमा ९ जनाको हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो ।१ बालिका घाइते छिन् ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको जानकारी दिए ।
१ बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
विभत्स हत्या कसले, किन गर्यो भन्ने खुलेको छैन । ‘घटनाबारे हामीलाई प्रारम्भिक जानकारी आएको छ ।
अहिले नजिकैको इलाका प्रहरी कार्यालयसँगै जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ’, प्रहरी निरीक्षक अनील पौडेलले भने, ‘प्रहरी घटनास्थल नपुगी यसबारे थप केही भन्न सक्ने अवस्था छैन ।’ अनलाइखबरबाट











