पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको धारिलाे हतियार प्रयाेग गरी हत्या भएको हो । १ बालिका घाइते छिन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको पुष्टि गरे ।हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन् । उनीहरुको घर २ किलोमिटर वरपर छ ।

पाचँथरको मिक्लाजुङ गाउँपालिका– ३, आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या प्रकरणको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।

घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्यामा संलग्न भएको आशंका गरेको व्यक्तिले आत्महत्या गरेका छन ।   घटना सार्वजनिक भएको  केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ का मान बहादुर माखिमको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

>मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईका अनुसार एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ । झुण्डिएको अवस्थामा फेला परेका युवकको पहिचान हुन सकेको छैन ।

युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरी घटनास्थलतर्फ गएको छ । आत्महत्या गर्ने युवाबारे थप विवरण आउन बाँकी रहेको छ ।