अर्घाखाँची। शितगंगा नगरपालिका २ भुवनपाटामा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । पुलमाथि पुगेपछि ब्रेक फेल भई अनियन्त्रित भएर बस दुर्घटतना भएको हो ।

अर्घाखाँचीको सुपा देउराली दर्शन गरेका यात्रु बोकेर बुटवलतर्फ फर्कँदै गरेको लु १ ख ७९४१ नम्बरको बस मंगलबार साँझ दुर्घटना भएको हो । घाइतेमध्ये १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको र ९ जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बस चालकको बुद्दि र साहका कारण ठुलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ । बसको ब्रेकफेल भएपछि चालकले बस घुमाएर निकै चनाखो हुँदै सडकको भित्तामा ठोक्काएका थिए । जसका कारण ठूलो दुर्घटना हुनबाट बचेको हो ।