काठमाडौँ । अनुहारलाई सुन्दर र चम्किलो बनाउन धेरै दिदीबहिनीहरु ब्युटी पार्लर गएर धेरै पैसा खर्च गर्ने गर्छन् । अनुहार चम्काउनको लागि प्रयोग गरिने विभिन्न प्रकारका केमिकल युक्त क्रिमले धेरैको अनुहारमा समस्या पैदा गर्ने गरेको हामीले सुन्दै आएका छौँ ।
त्यसकारण आज हामी तपाईहरुलाई घरेलु सामाग्रीको प्रयोग गरेर कसरी फेसप्याक बनाउने र कसरी प्रयोग गर्ने भन्ने बारे बताउन गइरहेका छौँ ।सुरुमा अनुहारमा गरिएको मेकपलाई पुछ्ने । त्यसपछि फेसक्रप गर्न दुई चम्चा चामलको पिठो र दुई चम्चा एलोबेरा जेल मिसाएर राम्रोसँग मिसाएर अनुहारमा लगाउने ।
त्यसको २ मिनेटपछि सफा पानीले पखाल्ने । अब फेसप्याक बनाउने त्यसको लागि २ चम्चा चामलको पिठो, दुई चम्चा दुध, आधा चम्चा मह राख्ने । अब यसलाई राम्रोसँग मिसाएर अनुहारमा लगाउने र करिब २० मिनेट सुक्न दिने ।
अब फेसप्याकलाई पानीले पखाल्ने ।अब अनुहारलाई मालिस गर्नको लागि आफ्नो इच्छा अनुसारको क्रिम प्रयोग गरेर राम्रोसँग मालिस गर्ने । यसरी आफ्नो अनुहारमा राम्रो परिवर्तन ल्याउनको लागि हप्तामा ३ पटक सम्म गर्न सकिन्छ ।



