काठमाडौँ । लगातार बढिरहेको गर्मीले महोत्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ। जेठ शुरु भएसँगै बढेको अचाक्ली गर्मीले यहाँको जनजीवन कष्टकर बनेको हो। बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तको बेलासम्म एक टङ्कारको चर्को घाम लाग्नाले हिँडडुल गर्नेको सङ्ख्या निकै घटेको छ।

मुख्य सडक र बाटो छेउका छायाँदार रुख सडक विस्तारका नाममा मासिँदा सियाँल बस्ने ठाउँ पाउन छाडिएको बटुवा बताउँछन्। चर्को घामको रापले बन्द व्यापार, बजार चहलपहल र कार्यालयमा सेवा लिन पुग्ने निकै घटेका छन्

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दैनिक दुई÷तीन सयको हाराहारीमा सेवाग्राही आउने गरेकामा अहिले यो सङ्ख्या १०/१५ मा झरेको बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक विदुर भट्टराई बताउँछन्। प्रचण्ड गर्मी बढेसँगै महोत्तरीको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा खानेपानीका मुहान धमाधम सुक्दै जाँदा खानेपानीको सङ्कट समेत बढेको छ।

जेठ लागेयता मात्रै आफ्नो बस्तीका १५ इनार स्याप्पै सुकिसकेका बर्दिवास–९ पशुपतिनगरका सामाजिक कार्यकर्ता अमृत महतोले बताए।बर्दिवासमा आज बिहान सूर्योदयकै बेला तापक्रम ४० डिग्री सेल्सियस देखाइएको छ।

बर्दिवासको भोला वसन्त चोकस्थित प्रहरी बिटमा राखिएको विद्युतीय मौसमी पात्रोले हिजो मङ्गलबार दिउँसो ३ बजे यहाँको तापक्रम ४२ डिग्री सेल्सियस देखाएको थियो जेठ लागेयता पानी नपरेर लगातार घामको राप बढ्दै गएपछि स–साना रुख बिरुवा पहेँलिन थालेका छन् । लहरे तरकारीका विरुवा सुकेर खङ्रङ्ग हुँदै गएपछि किसान गुजाराको चिन्ताले पिरोलिन थालेका छन्।