जेठ ८, २०७६

काठमाडौं- बुधवार सुनको भाउ घटेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा सय रुपैयाँले घटेर ५७ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलाको ५७ हजार १ सयमा किनबेच भइरहेको छ ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलाको ७०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।