झापा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोे जनबर्गिय संगठनको एकता पछि अनेरास्ववियुका सह-संयोजकको जिम्मेवारी पाएका रन्जित तामाङले पार्टीले आफुलाई अन्याय गरेको भन्दै आज पत्रकार सम्मेलनमा असन्तुष्टि जनाएका छन्।
आज बुधबार बिहान गृह जिल्ला झापामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अनेरास्ववियुको नेतृत्व चयनमा आफूमाथि अन्याय भएको बताएका हुन्। पुर्व माओवादी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष रहेका तामाङ गत हप्ता पार्टी नेतृत्वले गरेको निर्णय प्रति असन्तुष्टि जनाउदै आएका थिए।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको गत बिहीबार बालुवाटारमा बसेको बैठकले अनेरास्ववियुको संयोजकमा ऐन महर र सह-संयोजकमा रन्जित तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। यसअघि महर अनेरास्ववियुको महासचिव थिए भने तामाङ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष थिए।
तत्कालीन अखिल ९क्रान्तिकारी०का अध्यक्ष तामाङको गृह जिल्ला झापामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आँफुलाई फरक जिम्मेवारी दिन समेत माग गरेका छन्। एक संगठनको अध्यक्ष संयोजक बन्ने र अर्को समान संगठनको अध्यक्ष सो भन्दा फरक पदमा रहने भन्ने कुरो रहदैन,उनले भने।
पार्टी नेतृत्वले जिम्मेवारी तोक्दै गर्दा तामाङले त्यसप्रति आपत्ति जनाउदै गृह जिल्ला झापा पुगेर आफ्नो आधिकारिक धारणा राखेका छन्। पार्टी एकता संगठनात्मक मात्र नभई भावनात्मक पनि हुन पर्ने भन्दै उनले नेकपमा त्यसको अभाव भएको जिकिर गरे।
आफू अन्यायमा परेको सबैजनालाइ जानकारी गराएको र अध्यक्ष प्रचण्डले एकतालाई पूर्णता दिन बलिदानी गर्नु पर्ने बताएपछि आफुलाई नेतृत्वले दिएको जिम्मेवारी नछोड्ने बताएका छन्। उनले आफुलाई पटक पटक अन्याय परेको र असन्तुस्ट रहेको बताएका छन्।











