पूर्वीनवलपरासी (नवलपुर)मा गए राति आएको ठूलो हावाहुरीले सयौंँ घरमा क्षति पुर्याएको छ।

मंगलबार राति ८ बजेबाट असिना र पानीसहित आएको हावाहुरीले दुई सयभन्दा बढी घरको छाना उडाएको हो। छोटो समयमात्रै चलेको हावाहुरीले कतिपय घरका छानामात्रै उडाएको छ भने कतिपय घर बस्नै नमिल्नेगरी भत्काएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हावाहुरीबाट देवचुली नगरपालिकाका ६ , ७ , ८ , ९ ११, १२ र १४ नम्बर वडा बढी प्रभावित बनेका छ। यी वडाका टिन र खरका छाना भएको घेरैजसो घरका छाना उडाएको उपमेयर पार्वती तिवारीले बताइन्। उनका अनुसार वडा नम्बर ७ सबैभन्दा बढी प्रभावित बनेको छ भने अहिलेसम्म कुनै मानवीय क्षतिको सूचना प्राप्त भएको छैन।

यी वडाका धेरैजसो स्थानका साथै सितावास क्षेत्रमा बाटाभरी बिजुलीको पोल र रुख ढलेर बाटोमा आवतजावत समेत प्रभावित बनेको प्रहरीले जनाएको छ। प्रहरीले सयौंँको संख्यामा घरका छाना उडाए पनि एक्किन तथ्यांक भने आइनसकेको जनाएको छ।

अहिले सो क्षेत्रमा प्रहरी, रेडक्रस, विभिन्न संघसंस्था र स्थानीयको सक्रियतामा उद्धार कार्य भइरहेको छ।नेपालखबर