झापा, जेष्ठ ०८ गते ।

झापाको मेचीनगर नगरपालिका-८ टोकला बगानस्थित रमाईलो बस्तीबाट प्रहरीले मंगलवार १७ किलो प्रतिबन्धित लागूऔषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लागूऔषध सहित सोही नगरपालिका बस्ने संजय दर्जी र बर्ष ३० को मनोज दर्जीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

दिउँसो साढे १ बजेको समयमा संजय दर्जीको घरमा चरेश लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरमा खानतलासी गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो ।

बरामद लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।