एजेन्सी । मानिसको शरीरको बारेमा अनेक तथ्यहरु छन्, जुन सुन्दा अनौठो लाग्न सक्छ । केही तथ्यहरु हामीले सुन्दै नसुनेका पनि छन् । यहाँ २५ वटा तथ्यहरुको बारेमा लेखिएको छ ।

१. मानिसको शरीरको हड्डी स्टीलभन्दा पाँच गुणा बलियो हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२. आँखा खोलेर हाच्छ्युँ गर्न सकिँदैन ।

३. भोकले भन्दा पनि कम सुताइले मानिस चाँडै मर्छ ।

४. जर्मनीका अनुसन्धानकर्ताहरुका अनुसार हप्ताको अरु बारभन्दा सोमबार बढी हृदयघात हुन्छ ।

५. औषतमा एक व्यक्तिले दिनमा ४८०० शब्द बोल्दछ ।

६. दुई अर्ब मानिसमा जम्मा दुईवटा मानिस मात्र ११६ वर्षसम्म पुग्न सक्दछन् ।

७. मानिस मुस्कुराउँदा १७ मांसपेशीको प्रयोग हुन्छ भने दुखी हुँदा ४३ मांशपेशीको प्रयोग हुन्छ ।

८. मानिसको मुखमा करिब ४० हजार ब्याक्टेरिया हुन्छन् ।

९. शरीरको सबैभन्दा सानो कोष शुक्राणुको हुन्छ ।

१०. दाहिने फोक्सोले देब्रे फोक्सोले भन्दा बढी हावा लिन्छ ।

११. मानव शरीरको सबैभन्दा बलियो मांसपेशी जिब्रो हो ।

१२. निलो आँखा हुनेहरु अरुभन्दा बढी पीडामा संवेदनशील हुन्छन् ।

१३. खुट्टाको नङभन्दा हातको नङ चार गुणाले बढ्छ ।

१४. मानिस यस्तो जीव हो जसले मात्र सिधा लाइन कोर्नसक्छ ।

१५. सयभन्दा बढी भाइरसको कारणले रुघाखोकी लाग्दछ ।

१६. मानिसको शरीरमा हुने ब्याक्टेरियाको कुल तौल २ किलोग्राम हुन्छ ।

१७.विश्वका सात प्रतिशत मानिसहरु देब्रे हातको बढी प्रयोग गर्छन् ।

१८. दाहिने हात चलाउनेले दाहिनेतिरबाट बढी खाना चपाउँछन् भने देब्रे हात चलाउनेहरुले देब्रेतिरबाट बढी खाना चपाउँछन् ।

१९. जब मान्छे लजाउँछ तब मानिसको आन्द्रा पनि रातो हुने गर्दछ ।

२०. शरीरको कुल तापक्रमको ८० प्रतिशत टाउकोबाटै खर्च हुन्छ ।

२१. पुरुषको भन्दा महिलाको मुटु बढी धड्किन्छ ।

२२. शरीरमा बग्ने रक्तनलीको लम्बाइ एक लाख किलोमिटर हुन्छ ।

२३. दाहिने हात चलाउने मानिसहरु देब्रे हात चलाउनेहरुभन्दा नौ वर्ष बढी बाँच्छन् ।

२४. खोपडी २९ वटा हड्डीले बनेको हुन्छ ।

२५. भर्खर जन्मेको बच्चाले सात महिनासम्म एकैचोटि सास फेर्ने र निल्ने कार्य गर्नसक्छ ।