झापा । राजीनामाको चर्चा चलिरहेका बेला तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पार्टीले दिएको जिम्मेबारी स्वीकार्ने बताएका छन् ।

प्रेस संगठन नेपाल झापाले बुधवार विहान बिर्तामोडमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै तामाङले आफूमाथि अन्याय गरेपनि एकता अभियानलाई सफल बनाउन पाएको जिम्मेबारीबाट पछि नहट्ने प्रस्टाएका हुन् । तत्कालिन एमाले र माओवादीे केन्द्रको एकतापछि विद्यार्थी संगठनको संयोजक नबनाएको भन्दै तामाङले असन्तुष्टि व्यक्त गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘संयोजक पद नपाएकोमा आफूले मात्रै अन्याय भएको महसुस गरेको होइन’, उनले भने, ‘अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सबैले स्विकारेकै कुरा हो, म माथि अन्याय भएकाले मेरो योगदानको कदर गर्दै अन्य जिम्मेवारी दिन भनिसकेको छु ।,” नेकपा अध्यक्ष प्रचण्डले जिम्मेवारीबाट बिचलित नभई पर्खन भनेकाले यो निर्णय लिएको उनले खुलासा गरे ।

पार्टी एकतापछि नेकपा सचिवालयको बैठकले तत्कालीन अनेरास्ववियूका महासचिव ऐन महरलाई विद्यार्थी संगठनको संयोजक बनाएको छ । बैठकले तामाङलाई सह संयोजकको जिम्मेवारी दिनसाथ उनले फेसबुकमा ‘कहिलेकाहीँ समयले पनि मजाक गर्दोरहेछ’ भनेर लेखेका थिए। त्यसपछि उनीलाई लिएर पार्टी भित्र पक्ष विपक्षमा बहस भएको थियो।