काठमाडौं । बैतडीको पुर्चौंडीमा बुधबार राति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिका– ७ बसपार्कमा रहेको टहरामा आगलागी भएको थियो । मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेको प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बेलुकाको खाना खाएर सुतेका बेला चुल्होमा रहेको आगोबाट टहरामा आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याइँदैछ । जनता समाचार बाट साभार