पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका ५ च्यानडाँडामा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ । चट्याङ लागेर सोही स्थान बस्ने ७६ बर्षीया सावित्रा भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमरपुरले जनाएको छ ।

घर नजिकै रहेको लप्सीको रुखमा चट्याङ खस्दा घरको कोठामा पुजा गरिरहेको अवस्थामा भण्डारीलाई चट्याङको झट्काले लागेर घटनास्थलमा नै मृत्यु भएको हो । टाइम्स अफ प्रदेश बाट साभार