काठमाडौँ, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
लोकसभा निर्वाचन २०१९ मा भारती मतका साथ विजयी भएको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बधाई दिएका हुन् ।
‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना’, प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
https://www.facebook.com/prachanda.nepal/posts/2353029808267867यद्यपी, लोकसभा निर्वाचनको पूर्ण मत परिणाम आएको छैन । मतपरिणामको औपचारिक घोषणा पनि भएको छैन । अहिले भारतमा मतगणना चलिहरको छ ।
यसअघि नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई बधाई दिएका थिए । नेपाली नेताहरुले मोदीलाई बधाई दिन हतार गरेको भन्दै सामाजिक सञ्जालहरुमा चर्काे आलोचना भइरहेको छ ।










