आजको- पञ्चाङ्ग: वि.सं. २०७६ साल जेठ १० गते,शुक्रबार,इश्वी सन् २०१९ मे २४ तारिख,शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३९ बछलागा,ज्येष्ठ कृष्णपक्ष,तिथि– षष्ठी, ३०:०६ बजेउप्रान्त षष्ठी, नक्षत्र– उत्तराषाढा, ७:५८ बजेउप्रान्त श्रवण, योग– शुक्ल, १०:५८ बजेउप्रान्त ब्रह्म, करण– गर, १७:१४ बजेदेखि वणिज, ३०:०६ बजेउप्रान्त वणिज, आनन्दादिमा कालदण्ड योग, चन्द्रराशि– मकर,सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३४ घडी ०१ पला।

भोलिको- पञ्चाङ्ग: वि.सं. २०७६ जेठ ११, शनिबार,इ.स. २०१९ मे २५,शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण,ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, षष्ठी, ६:०६ उप्रान्त सप्तमी, नक्षत्र– श्रवण, १०:१६ बजेउप्रान्त धनिष्ठा, योग– ब्रह्म, ११:२२ बजेउप्रान्त ऐन्द्र, करण– वणिज, ६:०६ बजेदेखि भद्रा, १९:०२ बजेउप्रान्त वव,आनन्दादिमा स्थिर योग, चन्द्रराशि– मकर, २३:३१ बजेउप्रान्त कुम्भ, सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १८:५० बजे र दिनमान ३४ घडी ०४ पला,द्विपुष्कर याेग १०ः१६ बजे प्रारम्भ,धनिष्ठा पञ्चक २३ः३१ बजे सुरु।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,टाउको दुख्ने सम्भावना आउनसक्छ त्यसैले सुर्यलाई जल चढाउनु,बैबाहिक सम्बन्धमा खासै राम्रो देखिदैन,आजको शुभ अंक ११ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परिवारमा पितासँगको सम्बन्ध खासै राम्रो देखिदैन,उत्तर तर्फको दिशा तर्फ फर्केर जल चढाउँनाले सम्बन्ध राम्रो हुने देखिन्छ,बिदेश जान चाहानेहरुको लागि यो साता राम्रो देखिन्छ,आजको शुभ अंक १२ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ भने बालबालिका सन्तानमा सानो समस्या आउनसक्छ त्यसैले राम्रो केयर गर्नुहोला,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनितिमा लाग्नुभएकाहरुको लागि राम्रो योग छ,आगलागि हुने सम्भावना देखिन्छ त्यसैले आगोबाट बच्नुहोला,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,लगानी सही ठाउँमा हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,यो साता कालो रङको कुनै पनि कपडा प्रयोग नगर्नाले कुनै नकारात्मक चिजहरु हुँदैन,आजको शुभ अंक ९ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धनसम्पति, ज्ञान आर्जन हुने देखिन्छ,यो साता पार्टनरसिप सँगको कार्यमा त्यति राम्रो देखिदैन,सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
विरोधीहरु बढ्ने छन्,चोटपटक लाग्न सक्ने सम्भावना देखिन्छ,नयाँ सवारीसाधन किन्दै हुनुहुन्छ भने नकिन्दानै राम्रो हुनेछ, दाजुभाई सँगको सम्बन्ध त्यति राम्रो देखिदैन,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,मुद्धा मामिलामा पर्न सकिने योग देखिन्छ,धनसम्पति लगानी नगर्नुहोला,कसैलाई धन दिनुपर्ने छ भने दुर्गा माता सम्झेर दिनु होला,आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,कुनै नयाँ कार्य गर्दै हुनुहुन्छ भने आमा पिता अथवा माताको नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,शिक्षामा सफलता मिल्ने योग छ,यदि तपाईले सरकारी क्षेत्रमा केहि कुराको कोशिस गर्दै हुनुहुन्छ भने राम्रो हुने खालको योग छ,आजको शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,बिदेश जान सकिने सम्भावना राम्रो देखिन्छ,खानपिनमा ध्यान दिनुहोला,यात्रा गर्दा दक्षिण नगर्दानै राम्रो,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,खेलकुद त्यसैगरी राजनितिमा हुनुभएका हरुको लागि राम्रो देखिन्छ,बिदेशसँग सम्बन्धित कार्य राम्रो हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah