मोरङमा मागेजति दाइजो नपाएको भन्दै विवाह मण्डपबाट बेहुला उठेर हिँडेका छन्।

मोरङको जहदा गाउपालिकाकी २१ बर्षीय युवतीसँग परम्परागत विवाह गर्न मण्डपमा बसेका जहदा गाउपालिकाकै वडा नं ४ का २४ वर्षीय लक्ष्मण राजबंशी भने बमोजिमको दाईजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गरेर हिँडेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुवै पक्षका परिवारबिच कुराकानी भएर राजीखुशीका साथ उनीहरुबीच यही जेठ ४ गते विवाह भइरहेको थियो। विवाहको कार्यक्रमको दौरानमा लक्ष्मण राजबंशीले थप मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेलव माग गरेका थिए।

आर्थिक अवस्था न्यून भएकोले माग भए बमोजिमको सामाग्री दिन नसक्ने कुरा बताए पछि बेहुला पक्ष बेहुलीलाई मण्डपमै छाडी गएको गएको थियो। मण्डपबाट भागेका बेहुलालाई प्रहरीले पक्राउ गरी मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसूर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भई रहेको जनाएको छ।