झापाको लखनपुर स्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ डरलाग्दो दूर्घटना भएको छ । राजमार्गमा नै बस पल्टेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले जानकारी दिएकाछन् । बा ३ ख ७८१५ नम्बरको बस पल्टेको र बसमा सवार ९ जना गम्भिर घाइते बनेको बताईएको छ । एकजनाको अवस्था गम्भिर रहेको र तत्काल न्यूरो अस्पताल उपचारका लागि लगिएको जनाईएको छ । दमककी निता बिष्ठको अवस्था चिन्ताजनक रहेको बताइन्छ । एकतर्फी सवारी साधन कुदिरहेकाछन् । अत्याधिक स्पिडका कारण दूर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।