फुटेजमा दुई जना युवा रातको ९ बजेको समयमा देखिन्छन्

बाटोमा पल्सर बाइक राखेर केही बेर अलमल गरेको समेत देख्न सकिन्छ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालिकाले प्रहरीलाई दिएको बयान अनुसार भेष्ट, गोरो अनुहार र अग्लो अनुहार भएको ब्यति मिल्दोजुल्दो देख्न सकिन्छ

झापा । मेचीनगर नगरपालिका १० स्थित प्रशंसा टोलमा बस्दै आएकी ४१ वर्षीय आरती चौहान (बुढाथोकी) र उनकी ७ छोरी अर्पणा माथि मध्यरातमा सामूहिक हत्याको प्रयास भएको घटना सार्वजनिक भएसँगै प्रहरीप्रति स्थानीय रुष्ट बनेको छ । चौहानको परिवारमाथि हत्या प्रयास भएको बारे स्थानीयले धुलाबारी प्रहरीलाई खबर गरेको समयमा नपुग्दा स्थानीय रुष्ट बनेका हुन् ।

घटना भएको १२ घण्टा बढी बित्न लाग्दा समेत प्रहरीले अहिले सम्म दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् । मेचीनगर १० क्षेत्रमा हुने विभिन्न अराजक, आपराधिक गतिविधि रोक्न प्रहरीको कमजोरी देखिएकोले घटना हुन पुग्ने उनीहरूको निष्कर्ष छ । प्रहरीले जनताको मन जित्न नसकेको भन्दै उनीहरूले चिन्ता समेत व्यक्त गरेका छन् ।

स्थानीयले बुझाए प्रहरीलाई ज्ञापन पत्र

मेचीनगर १० क्षेत्र आसपासका स्थानीयबासीले इलाका प्रहरी कार्यालय धुलाबारीको गतिविधिप्रति रुष्ट हुँदै ज्ञापनपत्र बुझाएका छन् । धुलाबारी क्षेत्रमा बढेको अराजक तथा आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीको कमीकमजोरी देखिएको भन्दै काँकडभिट्टा प्रहरीलाई ज्ञापनपत्र बुझाएको स्थानीय प्रकाश खड्काले बताए ।

धुलाबारीकी आरती चौहानको गएरातको समय अज्ञात समूहले धारिलो हतियार (खुकुरी) प्रहार गरेको घटना बारे स्थानीयले बिहानै प्रहरीलाई खबर गर्दा समेत प्रहरी समयमा घटनास्थल नआइपुगेको भन्दै खबरदारी गर्न समेत ज्ञापनपत्र बुझाएको उनले भने ।

घटनास्थलदेखि २ सय मिटर नजिकमै रहेको प्रहरीले ठाउँ नचिन्नु , जनतासँग प्रहरीको सहकार्यमा कमी आएको भन्दै उनीहरूले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापालाई सो ज्ञापनपत्र बुझाएका हुन । प्रहरीलाई बुझाएको ज्ञापनपत्रमा नारायण प्रसाईँ, चन्द्र बहादुर तिवारी, गोपालप्रसाद गुप्ता, गोकुल हुमागाई, प्रकाश आचार्य लगायतको हस्ताक्षर रहेको छ ।

ज्ञापन पत्र बुझ्दै डिएसपी थापाले दोषी पत्ता लगाउने कुरामा अनुसन्धान भइरहेको छ ।

सिसी टिभी फुटेज र बालिका भनाइको आधारमा प्रहरी अनुसन्धान

घटनास्थलदेखि केही पर एक बरफ फ्याक्ट्री लगाएको सिसी टिभीको फुटेज प्रहरीले सङ्कलन गरेको छ । फुटेजमा दुई जना युवा रातको ९ बजेको समयमा देखिन्छन् । बाटोमा पल्सर बाइक राखेर केही बेर अलमल गरेको समेत देख्न सकिन्छ । साथै ती बालिकाले प्रहरीलाई दिएको बयान अनुसार भेष्ट, गोरो अनुहार र अग्लो अनुहार भएको ब्यति मिल्दोजुल्दो देख्न सकिन्छ । यसैलाई आधार बनाएर प्रहरीले अनुसन्धान थालेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । चाडै दोषी पक्राउ पर्ने बताउँदै प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, प्रहरी घटनाको विषयमा लागिपरेको छ ।