काठमाडौं। एउटा पुरानो लोककथाका अनुसार एक व्यक्ति मरिदा सेवनको लतका कारण निकै दुखी थिए। धेरै कोशिश गर्दा पनि उसले आफ्नो यो बानीबाट छुटकारा पाउन सकेको थिएन। उनका साथीले गाउँको प्रसिद्ध सन्तमा जान सल्लाह दिए।

 

भोलि पल्ट विहानै ती व्यक्ति सन्तकहाँ पुगे र आफ्नो समस्या बताए। सन्त धेरै विद्वान थिए। उनले ती मदिराको तलमा परेका व्यक्तिलाई आफूसँग लिएर  यस्तो ठाउँमा गए जहाँ चर्को घाम लागेको थियो। सन्तले ती व्यक्तिलाई एउटा ठाउँमा उभिन लगाए र उनको हातमा एउटा लड्डु दिँदै भने– के यो लड्डु तिमी आफ्नो छायाँलाई खुवाउन सक्छौ?

 

सन्तको कुरा सुन्ने वित्तिकै ती व्यक्ति भने–गुरुजी यो असंभव कुरा हो। कसरी छायाँलाई लड्डु खुवाउनु ?’ सन्तले भने–यस्तै अवस्था तिमीसँग पनि भएको छ। जसरी तिमीले छायाँलाई लड्डु खुवाउने कोशिश गरिरहेका छौ तर, छायाँले लड्डु खान सक्दैन, ठिक त्यसै गरी तिमी पनि सत्संगमा आउने वित्तिकै आफ्नो कुलतबाट मुक्ती पाउन सक्दैनौं।

 

यो लतबाट मुक्ति पाउन तिम्रो छायाँले होइन तिमीले नै लड्डु खानुपर्छ। अर्थात यो लतबाट मुक्ति पाउन तिमी स्वयंले प्रयास गर्नुपर्छ। आज, अहिले र यसै समय संकल्प लेउ र  रक्सी छोड। आज उप्रान्त मदिरामा हात नलगाउनु। यही मात्र लतबाट मुक्ति पाउने मार्ग हो।

 

यो कथाबाट के शिक्षा पाइन्छ भने केवल राम्रो कुरा सुनेरमात्र हामी कुनै पनि खराब बानीबाट मुक्ति पाउन सक्दैनौं। त्यसकालागि हामी स्वयंले नै प्रतिज्ञा गर्नुपर्छ। संकल्प विना कुनै पनि कुलतबाट मुक्ति पाउन गाह्रो हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर