काठमाडौं । गर्मीमा धेरेलाई घमौराले सताउँछ । छाती, ढाँड र हातमा बढी घमौरा आउने गर्छ । जसले गर्दा पूरै शरीर नराम्रोसँग चिलाउने गर्छ । घरमै पनि घमौराको उपचार सम्भव छः

किन आउँछन् घमौरा ?

गर्मीकै कारणले बालबालिकामा देखिने प्रमुख समस्या भनेको घमौरा हो । गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणल बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरु देखा पर्छन्, जसलाई घमौरा भनिन्छ ।

घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन सक्छन् । गर्मी वातावरण, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । भर्खर जन्मिएका बच्चामा भने पसिनाको ग्रन्थी राम्रोसँग विकास भइनसकेको हुनाले घमौराको समस्या बढी देखिन्छ ।

त्यसैगरी गर्मीमा ब्याक्टेरियाकोबाट हुने छाला सम्बन्धि संक्रमण बढी देखिन्छ । फहोहोर खेल्ने, हातखुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरण मुख्य कारण हुन् ।

 जोगि उपाय:

– घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर, झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा आउँछ ।

– घमौरा भएको ठाउँमा बरफ दल्दा राहत मिल्छ ।

– घमौरा आएको ठाउँमा मुलतानी माटोको लेप लगाउनाले केही दिनमै घमौरा हराउँछ ।

– बिहान–बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन् ।

– घमौरा आएको ठाउँमा मेहदीको लेप लगाउँदा केही दिनमै घमौरा हराउँछ । साथै, नुहाउने बेलामा मेहदीका केही पत्ता पिसेर पानीमा मिसाउने र त्यही पानीले नुहाउँदा पनि राहत मिल्छ ।

– नीमको बोक्रा घमौरा आएको ठाउँमा दल्दा पनि राहत मिल्छ । अथवा पानीमा नीमका पात राखेर उमाल्ने र सेलाएपछि त्यही पानीले नुहाउने । यसो गर्दा पनि घमौरा घट्दै जान्छ ।

– तुलसीको डाँठलाई चन्दनजस्तै गरी घोटेर यसको लेप घमौरा आएको ठाउँमा दल्नाले राहत मिल्छ ।

– लसुनको पोटीलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्दा केही दिनभित्रै घमौराबाट मुक्ति मिल्छ ।

– घमौराको समस्या दोहोरिरहनेहरूले गर्मीमा चनाको सातु खाने गर्नुपर्छ । साथै कागतीपानी पनि खाइरहने गनर््ुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय