वि.सं. २०७६ जेठ ११, शनिबार,इ.स. २०१९ मे २५,शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण,ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा, ज्येष्ठ कृष्णपक्ष, षष्ठी, ६:०६ उप्रान्त सप्तमी, नक्षत्र– श्रवण, १०:१६ बजेउप्रान्त धनिष्ठा, योग– ब्रह्म, ११:२२ बजेउप्रान्त ऐन्द्र, करण– वणिज, ६:०६ बजेदेखि भद्रा, १९:०२ बजेउप्रान्त वव,आनन्दादिमा स्थिर योग, चन्द्रराशि– मकर, २३:३१ बजेउप्रान्त कुम्भ, सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १८:५० बजे र दिनमान ३४ घडी ०४ पला,द्विपुष्कर याेग १०ः१६ बजे प्रारम्भ,धनिष्ठा पञ्चक २३ः३१ बजे सुरु।

भोलिको- पञ्चाङ्ग :वि.सं. २०७६ जेठ १२,आइतबार, इ.स. २०१९ मे २६,शकसंवत् १९४१, परिधावी संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, ने.सं. ११३९ बछलागा। ज्येष्ठ कृष्णपक्ष। सप्तमी, ८:०१ उप्रान्त अष्टमी। नक्षत्र– धनिष्ठा, १२:४९ बजेउप्रान्त शतभिषा। योग– ऐन्द्र, ११:५८ बजेउप्रान्त वैधृति। करण– वव, ८:०१ बजेदेखि वालव, २१:०२ बजेउप्रान्त कौलव। आनन्दादिमा मातंग योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ५:१२ बजे, सूर्यास्त– १८:५० बजे र दिनमान ३४ घडी ०६ पला। पञ्चक। रवि–सप्तमी व्रत। अष्टमी व्रत। गाेरखकाली पूजा। द्विपुष्कर याेग ८ः०१ बजे समाप्ति।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शत्रुहरू बढ्नाले समस्या थपिएलान्, मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ,ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कठिन चुनौती सामना गर्नुपर्ला,दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,आत्म–विश्वासमा कमी आउने छ,आजको शुभ अंक ५ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, फुर्सदिलाहरूले अलमल्याउन सक्नेछन,धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ,समयले कोल्टे फेरेको छ,मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ७ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
चिन्ता र छटपटी बढ्न सक्छ,बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ,ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् ,आजको शुभ अंक १० रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्य भने कमजोर रहला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ ,शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ,आजको शुभ अंक ११ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ, स्वास्थ्यमा सुधार आउने छ ,कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ,मन खिन्न रहनेछ, राम्रै फाइदाको योग छ,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,अनुकूल समय छ,आयआर्जन बढ्ने छ,माया/प्रेमको वातावरण बन्नेछ,आजको शुभ अंक ६ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विचारले धेरैलाई आकर्षण गर्ने समय छ विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,धार्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला,आजको शुभ अंक १० रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ,आजको शुभ अंक ८ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कमजोरीमाथि टिप्पणी हुन सक्छ,प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध राम्रो हुनेछ,दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah