विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकका सामाजिक तथा शैक्षिक क्षेत्रमा आफ्नो पहिचानालाइ स्थापित गरेका कोमलराज प्रसाईको ‘जीवन यात्रा’ पुस्तकमा प्रकाशित भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जीवन यात्रा’ नामक पुस्तक शुक्रबार एक कार्यक्रमबीच बिमोचन भएको छ ।

बरिष्ठ साहित्यकार डा. तुलसी भटट्राई सहितले उक्त पुस्तकको बिमोचन गरेका थिए ।

प्रशाइ परिवार र नातागोताको उल्लेख्य सहभागितामा पुस्तकको बिमोचन भएको थियो ।

प्रा.डा. गोविन्द राज भट्टराई लगायतका साहित्यकारहरुले प्रसाईको जीवन यात्राको भोगाईले समाजमा महत्व राख्ने उल्लेख गर्दै पुस्तक महत्वपुर्ण रहेको बताएका थिए ।

पुस्तकको लेखकको तोयानाथ काफ्ले रहेकाछन् ।

यसमा भानुभक्त सिटौलाले सहयोग पुर्याएका थिए । प्रकाशक भने प्रसाइकी श्रीमति सुमित्रा प्रशाइ रहेकीछन् ।

छोरा प्रकाश प्रशाइले कार्यक्रममा आउने र प्रकाशनसम्म पुस्तकलाइ पुर्याउन सहयोग पुर्याउनेपति आभार प्रकट गरे ।

प्रसाईको जीवन यात्राको भोगाईलाई जस्ताको त्यस्तै कृतिमा समावेश गरिएको बताईएको छ ।

लामोसमयसम्म शिक्षण पेशामा संलग्न रहेका उनि पछिल्लो समय सामाजिक क्षेत्रमा कृयाशिलछन् ।