सोलुखुम्बु । सगरमाथा आरोहरणबाट फर्किएका दुई आरोहिको मृत्यु भएको छ ।चर्चित माउन्टे न गाइड ध्रुव विष्ट र अर्का माउन्टेन गाइड निमा तेन्जिङ शेर्पाको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको हो।

विष्टको सगरमाथा आधार शिविरमा अत्यधिक चिसोका कारण मृत्यु भएको बताइएको छ। सगरमाथाको तेस्रो आधार शिविरमा बिरामी परेका विष्टलाई तल्लो आधार शिविरतर्फ ल्याउने क्रममा ज्यान गएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै मकालु हिमाल आरोहणबाट फर्केर दोस्रो आधार शिविरमा आइपुग्दा विरामी परेका शेर्पाको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

शेर्पा र विष्टको मृत्युसँगै यो वर्ष मात्रै ८ हजार मिटर भन्दा माथिको उचाइमा मृत्यु हुनेको आरोहीको संख्या १८ पुगेको छ।