काठमाडौं, ११ जेठ । राती चल्ने अधिकांश ट्याक्सी चालकले गियरमा चुरालगायतका महिलाले लगाउने विभिन्न सामग्री राखिएको हुन्छ । यस्तै राख्ने मध्येका एक हुन् सरोज केसी ।

‘कुनै प्रेत आत्मा अथवा किचकन्नीको नजर नपरोस भन्ने विश्वासमा हो दाई’, उनले भने,‘तर आजभोली राती ट्याक्सीमा साँच्चैका प्रेत चढेजस्तो अनुभव हुन्छ ।’

उनको कुराले अझ कौतुहलता जगायो । साँच्चैका प्रेत भनेका कस्ता ? को हुन् ?

‘आज भोलीका तन्नेरी जोडी । एक्लै पनि कतिपय युवती प्रेतजस्ता हुन्छन् । जे पायो त्यहि गर्ने ट्याक्सीभित्र’, उनले जोडे,‘म त विदेशमा गाडी चलाएर आएको काठमाडौंमा जस्तो अश्लीलता त कहिँ देख्न छाडियो ।’

खासगरी ठमेल, दरबारमार्ग अथवा लैनचौर क्षेत्रबाट राती चढ्ने ग्राहकमा उनले अनौठा र अपत्यारिला हर्कत ट्याक्सीभित्र गर्दै आएको प्रत्यक्ष देख्न थालेका छन् । कहिलेकाहीँ दिक्क लाग्छ, कहिलेकाहीँ उत्तेजित पनि बन्छन् । भन्छन्,‘म बिहे नगरेको लक्का जवान । पछाडि बसेका जोडीले अश्लिल हर्कत गरेको देख्दा कहिले उत्तेजित पनि बनिन्छ, कहिले रिस पनि उठ्छ’, सरोजले थपे,‘अचेल त आफूले बिहे गर्ने केटी कस्ती पर्ली भन्ने चिन्ता पनि लाग्न थालेको छ, दाई ।’

उनले यस्ता कयन जोडी देखेका छन् । रात्रीकालिन ट्याक्सी चालक भएका कारण अधिकांशको यस्ता हर्कत हेक्का राखेर त साध्य चल्दैन पनि । तर, मदिरामा मस्त हुने जोडीले हदैसम्मको हर्कत गर्दा कहिलेकाहीँ प्रहरीलाई पनि खबर गरौं जस्तो लाग्छ, सरोजलाई । भन्छन्,‘फेरि आफ्नो धर्मचाहिँ कमाई गर्नु रहेका कारण नजरअन्दाज पनि गर्नुपर्ने हुन्छ ।’

कतिपय अवस्थामा त पैसा छैन, जे पनि गर्न दिन्छु भनी गन्तव्यसम्म पुग्न चाहने युवती पनि भेट्छन् उनी । तर, यस्तो मामलामा उनले सम्झौता गरेका छैनन्, सिधै भनिदिन्छन्,‘तपाईलाई सजिलो हुने बाटोसम्म छाडिदिन्छु । पैसा लिन्न । तर, यस्तो प्रस्ताव नगर्नुस् ।’

साँच्चै पीडामा परेका युवती पनि त हुन सक्छन् नि ? उनी भन्छन्,‘पव र क्लवबाट मातेर निस्कने त्यस्ता युवती कसरी पीडामा हुन्छन् । उनीहरूले हामीलाई समस्यामा पार्न सक्छन्, बरु ।’

कतिपय युवतीले यौनजन्य प्रस्ताव गरेर निक्कै एकान्त ठाउँमा लगेर लुट्न सक्ने खबरदारी उनलाई साथीभाईले गरेका छन् । यसकारण एकलासको ठाउँमा जान अलिक हिचकिचाउँछन् । भन्छन्,‘यस्ता प्रस्ताव गर्ने अनेक भेटिन्छन् । म जाने गरेको छैन ।’

आँखै अगाडि निर्वस्त्र

रात्रीकालिन जीवनमा रमाउने युवा जोडीको पहिरनको कुरा गरी साध्य छैन । सरोज भन्छन्,‘एक पटक त गुडीरहेको ट्याक्सीमा एक जोडीले कपडा खोलेर हर्कत देखाउन थाले । मैले यसो नगर्नुस् प्रहरीले मलाई पनि समात्छ भनें । उनीहरूले मलाई धेरै पैसा दिने प्रलोभन देखाए । मानिन । अनि, आधा बाटोमा मिटरमा उठेको पैसा लिएर छाडिदिएँ ।’

कहिलेकाहीँ दुई जोडी पनि यसरी अश्लील काममा जुट्ने गरेको देखेका उनले भने,‘यो चार बर्ष ट्याक्सी चलाउँदा धेरै चिज देखियो । यसले रोमाञ्चक होइन, सहर पुरै अश्लील भएको भन्ने पाएँ ।’ दैनिक नेपाल बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर