सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधिश नयनबहादुर खत्रीको निधनको शोकमा जेठ १२ गते (भोली) एक दिन देशभरका सम्पूर्ण अदालत बन्द राख्ने निर्णय पनि गरेको छ ।

बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममाखत्रीको निधन भएको होे । पूर्व प्रधानन्यायाधिश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए । खत्री प्रधानन्यायाधिशबाट अवकाश पाएपछि २०४३ सालमा नेपालका लागि चीनको राजदूत समेत बनेका थिए । पूर्व प्रधानन्यायाधीशको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।