काठमाडौँ । प्रदेश नम्बर २ को धनुषा क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य सत्रुधन महतो निलम्बनमा परेका छन्। महतोलाई नेकपाको संसदीय बोर्डले १५ दिनका लागि निलम्बन गरेको हो।

प्रदेश सांसद सत्रुधन महतोले नेकपा संसदीय बोर्डको निर्णय विपरित सार्वजनिक लेखा समितिको संयोजकमा बागी उम्मेदवारी दिएर विद्रोह गरेको र अनुशासनहीनताको कार्य गरेकाले १५ दिनसम्मका लागि संसद पदबाट निलम्बन गरिएको नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत शुक्रबार १५ दिनका लागि सांसद पदबाट निलम्बन गर्न सभामुख सरोजकुमार यादवलाई नेकपाको संसदीय बोर्डको निर्णय जानकारी गराइएको संसदीय दलले जनाएको छ। नेपाल लाइभ बाट