इटहरी । इटहरीमा पत्रकारको सुरक्षालाई लिएर नेपाल पत्रकार महासंघ सुनसरी चिन्तित बनेको छ । इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले पत्रकार माथी गरेको दुव्र्यवहारको घटना र त्यस पछि पनि निरन्तर दुव्र्यवहार गर्ने चेतावनी प्रति नेपाल पत्रकार महासंघले सुनसरीले इटहरीको मेयरलाई ४८ घण्टे अल्टिमेटम दिएको छ ।

प्रश्न सोधेकै कारणले दुव्र्यवहार भोग्नु परेका पत्रकार र थप पत्रकारहरुलाई दुव्र्यवहार गर्न मेयर चौधरीको चेतावनीले पत्रकारको सुरक्षामा गम्भिर प्रश्न उब्जीएको नेपाल पत्रकार महासंघले ठहर गरेको छ महासंघले एक विज्ञप्ती जारी गर्दै घटना प्रति गम्भिर बन्दै आत्मआलोचना र माफी माग्न आग्रह गरेको छ । यस्तै उपमहानगरपालिको जारी गरेको विज्ञप्ती प्रति पनि महासंघले चित्त बुझ्दो नभएको बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपमहानगरको विज्ञप्तीले पत्रकार पेशामा लागेकाको स्वाभिमानको सम्मान गर्ने नभएको महासंघको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दहालद्धारा जारी विज्ञप्तीमा घटनाप्रति जिम्मेवार बन्न आग्रह गरिएको छ । पत्रकार र पत्रकारीता क्षेत्रको स्वाभिमानको रक्षा गर्दै निर्वाद रुपमा समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण तयार गर्न उपमहानगर सहित सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण पनि गराएको छ । संचार पाटि बाट साभार