गोरखा, १२ जेठ । गोरखाको सिरानचोक गाउँपालिका–७ चिउरे भीरमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
बा. ५ ख १९८२ नम्बरको टिपर गए राति दरौदी नदीमा खस्दा दुर्घटना हुँदा चालक सुमन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सहचालक भने बेपत्ता छन् । सोही टिपरमा यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई भने घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । वेपत्ता सहचालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । नया पेज बाट साभार गरिएको










