काठमाडौं– राजधानीका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम विस्फोट भएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाको निन्दा गर्दै देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गृहमन्त्रालयका एक उच्च अधिकारीले सुरक्षा प्रमुख सहितको उक्त बैठकमा बादलले देशभरको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको भन्दै घटनाप्रति दुख व्यक्त गरेको जानकारी दिए ।

आइतबार राजधानीको सुकेधारा र अनामनगरमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने लगनखेल, नागढुंगालगायतका स्थानमा पनि बम विस्फोट भएको छ । लोकान्तर बाट