हेटौँडा । मकवानपुरको हेटौँडा चोकमा नेत्र बिक्रम चन्द विप्लवका कार्यकर्ताले मिनी ट्रकमा आगजनी गरेका छन्।

हेटौँडामा बन्दकर्ताले ना.७ ख ९४९३ नम्बरको ट्रकमा आगजनी गरेका हुन्। आगजनीबाट ट्रकमा पूर्ण रुपमा क्षति पुगेको छ। आफ्नो बन्दलाई सहयोग नगरेको भन्दै ट्रकमा आगजनी गरेको स्थानीयले जनाएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हिजो राति काठमाडौँका ठाउँठाउँमा बम विस्फोट गराउँदा ४ जनाको ज्यान गएको थियो । विस्फोटमा ८ जना घाईते भएका छन् भने ७ जना नेकपाका कार्यकर्ता पक्राउ परेका छन्।

यस्तै आज बिहानै हेटौँडाको बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको थियो। बम राखेको थाहा पाउनासाथ प्रहरीले नेपाली सेनालाई खबर गरेर बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ।