विराटनगर । मोरङको सुन्दरहरैंचा ७ ठडियामा राजमार्ग छेउमा सोमबार बिहानै फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।
नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट गएको सेनाको टोलीले राजमार्ग छेउमै फेला परेको कुकर बम निस्कृय बनाएको हो । केहीबेर अघिमात्र सेनाको टोली बम निस्कृय बनाएर इटहरी फर्किइसकेको छ । सेनाले बम निस्कृय बनाएको हेर्न स्थानीयसमेत भेला भएका थिए । बम भेटिएसंगै सुरक्षाका कारण राजमार्गमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
ad ad ad यता, मोरङको बुढीगंगा गाउँपालिका १ को कोशी राजमार्गमा बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित भएका छन् । सुरक्षाका कारण त्यो स्थानमा प्रहरीले आवातजावतमा रोक लगाएको छ । त्यहाँ इटहरीबाट सेनाको विशेषज्ञ टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनले भने,‘‘सेनाको विशेषज्ञ टोली पुगेर त्यस्को चेकजाँच गर्दैछ ।’’ श्रेष्ठले विराटनगरमा सुरक्षा निगरानी बढाइएको बताए ।










