काठमाडौं। सरकारद्वारा प्रतिवन्धित विप्लव समूहको बन्द क्रममा राजधानीलगायत विभिन्न स्थानमा बम फेला परेको छ। आइतबार राजधानीका विभिन्न स्थानमा श्रृंखलाबद्ध विस्फोट गराएको विप्लव समूहले सोमबार मुलुकका विभन्न स्थानमा बम राखेर आतंकित बनाएको छ।
यसैबीच ललितपुरको चापागाउँ दोबाटोमा विप्लव समूहले राखेको बन नेपाली सेनाका बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ। नेकपा अध्यक्ष प्रचण्ड निवास जाने बाटोमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको हो।उक्त बाटो भएर प्रचण्डको निवास पुगिन्छ।
विहान करिव साँढे नौ बजे उक्त स्थानमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पछि नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निश्क्रिय पारेको हो।
सरकारले फागुन २८ गते नेत्रविक्रम चन्द समूहको नेकपालाई प्रतिबन्ध लगाएको थियो। सरकारी प्रतिबन्धपछि विप्लव समूहका नेता कार्यकर्ता पक्राउ पर्ने क्रम जारी थियो। तर आइतबार राजधानीका विभिन्न स्थानमा श्रृंखलाबद्ध विस्फोटमा परी चार जनाको मृत्यु भएपछि विप्लव समूह सरकारलाई चुनौती बनेको छ। डिसी नेपाल बाट साभार गरिएको










