सोल–कोरियामा एक नेपाली सम्मानित भएका छन् । कोरियाको छनान नगरपालिकाले काभ्रेका यम श्रेष्ठलाई सम्मानित गरेको हो ।

इपिएस प्रणालीमार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका श्रेष्ठ कोरियामा हुने बिभिन्न सामाजिक संघ संस्थामा आवद्द रहनुका साथै साँस्कृतिक परोपकारी सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वल्र्ड पिपुल्स डेको अवसरमा मे २६ तारिख छनान शहरमा छनान नगरपालिका र छनान माइग्रेन्त सेन्टरको संयुक्त आयोजनामा आयोजित प्रवासी बहुसाँस्कृतिक मेलामा छनान नगरपालिकाका नगर प्रमुख खु बुन यङले उनलाई सम्मानित गरेका हुन् ।

उनलाई छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगरले सम्मानित गरेको बताइएको छ ।