विराटनगर – मोरङको बुढीगंगा गाउँपालिका वडा न.१ मा बम भनी लेखिएको प्रेसर कुकरभित्र साबुनको टुक्रा भेटिएको छ ।

खतरा लेखिएको शंकास्पद प्रेसरकुकर भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएपछि उसले पनि केही मेसो पाउन सकेन । त्यसपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई बोलायो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सेनाको बम डिस्पोजल टोलीले कुकर भए छेउतिर गयो । डिस्पोजलको तयारी गर्न थाल्यो । स्क्यानर लगाएर हेर्दा त्यसभित्र बमको संकेत नदेखिएपछि प्रेसरकुकर खोलेर हेर्दा त्यसभित्र साबुनको टुक्रा भेटिएको हो ।

यस्तै सेनाको बम डिस्पोजल टोलीले सुनसरी र मोरङका चार स्थानमा राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।