दमक,१३ जेठ । नेपाल प्रेस युनियनको २८ औ स्थापना दिवसको अवसर पारेर आज दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्रका वृद्धाबृद्धाहरुलाई फलफूल वितरण गरिएको छ ।
युनियनको माइपश्चिम क्षेत्रीय समितिले वृद्धाश्रममा पुगेर वृद्धाश्रमका ८ जना वृद्धवृद्धाहरुलाई फलफूल वितरण गरिएको युनियनका सभापति विष्णु सुब्बाले बताएका छन् ।
आश्रममा ३ महिलासहित ८ जना बस्दैआएका छन् ।
सोेहि अवसरमा युनियनले वृद्धाश्रमलाई सहयोग पुरयाँउन सञ्चालिका अरजु सुनुवारलाई ३ हजार रुपैया समेत प्रदान गरिएको थियो ।
वृद्धावृद्धाहरुलाई एक छाकको खाना खुवाउनका लागि युनियनका सदस्यहरुबाट रकम संकलन गरि सहयोग हस्तान्तरण गरिएको सभापति सुब्बाले जनाए ।
वृद्धाश्रममा युनियनका जिल्ला उपसभापति गिरीराज भट्टराई, सामाजिक अगुवा चैतन्य वराल, युनियनका क्षेत्रीय सचिव अर्जुन राजवंशी,सदस्य वेणु प्रसाईलवगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
२०७१ मा समाजसेवी मनमाया सुनुवारले आफनो दिवंगत आमाबुबाको स्मृतिमा उक्त वृद्धाश्रम सञ्चालनमा ल्याएका हुन् । आश्रममा १० जना वृद्धावृद्धा रहने क्षमता छ ।











