काठमाडौं। आइतबार काठमाडौंमा भएको विस्फोटमा परी एक विद्यार्थी नेताको मृत्यु भयो । विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रज्वल शाहीको मृत्यु भएको हो । विप्लवको संगठलाई सरकारले प्रतिबन्ध लगाएको छ । सोमबार संसदमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री रामबहादुर थापा बादलले विष्फोटमा मारिनेहरु नागरिक नभएर अपराधी हुन् भने ।

अनामनगर घट्टेकुलोमा भएको कुकर बम विस्फोटमा शाहीको ज्यान गएको थियो । घट्टेकुलोस्थित लोकमन्जरी कार्कीको एक तले घरमा बम विस्फोट हुँदा शाहीको मृत्यु भएको हो । अरुलाई लक्षित गरी विष्फोट गराउन चाहेको बम विस्फोटमा आफैं परेर शाहीको मृत्यु भएको प्रहरीले बताएको छ । मारिने शाही को हुन् भन्ने विषयमा धेरैको चासो छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बझाङ घर भएका शाही उच्च शिक्षा अध्ययन गर्नका लागि काठमाडौं आएका थिए । उनले २ जना भाइहरु दिवस, विवस र एक बहिनीलाई पनि काठमाडौंमै पढाउन ल्याएका थिए । सिटिइभीटीबाट फार्मेसी पढेर केही समय मेडिकल पसल सञ्चालन गरेका उनी विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य थिए । उनी अखिल क्रान्तिकारी सीटीइभीटी इकाइका सभापति थिए । यो बम विस्फोटमा त्रिचन्द क्याम्पसमा विप्लवका विद्यार्थी इकाई सभापति रविन केसी घाइते भएका छन् । डिसी नेपाल बाट