सुर्खेत । विप्लव समूहले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै सुर्खेतमा मोटरसाइकलमा आगजनी गरिएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चु बजारबाट डुंगीखोला जाँदै गरेको भे ८ प १८९६ नम्बरको मोटरसाइकलमा विप्लवका कार्यकर्ताले आगजनी गरेका हुन् ।
विप्लवका कार्यकर्ताहरुले मोटरसाइकलको ट्यांकीमा गोली प्रहार गरी आगजनी गरेका हुन् । मोटरसाइकल धनी टिकाराम मिजारका अनुसार ६ जनाको समूहमा रहेका विप्लवका कार्यकर्ताले आमिजारलाई झारेर मोटरसाइकलको ट्यांकीमा गोली हानेका थिए ।
तेल ट्यांकीमा गोली हानेपछि मोटरसाइकल पूर्णरुपमा जलेर क्षति भएको छ । सोमबार बिहानै विप्लवका कार्यकर्ताले सुर्खेतकै गोचखोलामा बसमा आगजनी गरेका थिए ।










