दमक/नेपाली काँग्रेस दमक नगर समितिले शान्ति सुरक्षाको बिषयमा इलाका प्रहरी कार्यालय दमकको ध्यानकर्षण गराएको छ ।
काँग्रेस सभापति रोशन बिष्टको नेतृत्वमा गएको टोलीले इलाका प्रहरी कार्यालय दमक प्रमुख श्यामल सुब्बालाइ ज्ञापनपत्र बुझाउदै आफ्ना मागहरुको बिषयमा ध्यानकर्षण गराएको हो ।
यस्तो छ ध्यानकर्षण पत्र
श्रीमान कार्यालय प्रमुख ज्यू,
इलाका प्रहरी कार्यालय दमक, झापा
विषयः ध्यानाकर्षण सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा बर्तमान मुलुकको बदलिदो परिस्थितिमा हत्या हिंसा बलत्कार, लुटपात, गुण्डा गर्दी बढिरहेको सबैमा सर्वविधितै छ । झापा त्यसमा पनि सम्माननीय प्रधानमन्त्री ज्यूको क्षेत्रमा दिनढहाडै मान्छे काट्ने, होटलमा बृद्धाको बलत्कार हुने, दिनदिनै दुले चोरहरुको विगविगी भइरहेको जस्ता जनगुनासो आइरहेको बखतमा जनताको गुनासोको नेतृत्व गर्दै केही दिन अघि नेपाली कांग्रेस वडा नं. १६ (हाल ४)का सभापति राजेन्द्र सिटौला प्रतिनिधिमुलक ढंगबाट दमक इलाका प्रहरी कार्यालय प्रमुखज्यूलाई भेट्न जादाँ कार्यालय प्रमुख बाट दुव्र्यहार गर्नु र केही समय थुनामा राख्नुभएको प्रति हामी नेपाली कांग्रेस पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
सो घट्ना प्रति नेपाली कांग्रेस दमक नगर समिति खेत प्रकट गर्दछ । र यस्ता किसिमका निन्दनीय गतिविधि नगर्नुहुन यसै ज्ञापन पत्र मार्फत अनुरोध समेत गर्दछौं । लोकतन्त्रमा नागरिकको बोल्न पाउने र आफ्ना कुरा सहज रुपमा राख्न पाउने अधिकारको सुनिश्चिताको लागि लडेका लोकतन्त्रबादी हामीले यो बुझेका थियौं की परिवर्तन सबै क्षेत्र र निकायहरुमा आयो भन्ने लागेको थियो । अझ प्रहरीमा त मुस्कान सहितको प्रहरी, प्रहरी मेरो साथी जस्ता नाराहरु लिएर जनसेवामा लागेको महसुश गरेका थियौं ।
तर शान्ति सुरक्षा दिनुहपर्ने प्रहरी प्रमुख बाटै यस्तो अमार्यादीत व्यवहार गरेको पाउँदा दुखी बनेका छौं । शान्ति सुरक्षा अमन चयन कायम गर्ने नागरिकलाई शुरक्षीत महसुश गराउने विषयमा प्रहरीलाई सहयोग गर्न हरदम नेपाली कांग्रेस तयार छ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं । र आउदा दिनहरुमा न्यायचित एवं सम्मान जनक व्यवहार र कार्य सम्पादनको आशा राख्दै यस्ता किसिमका घटनाहरु नहदोहो¥याउन जोडदार माग गर्दै यो ज्ञापन पत्र पेश गर्दछौं । यस्ता किसिमका घट्नाहरु दोहोरिएमा चरणबद्ध आन्दोलनमा जाने समेत यसै ज्ञापन पत्र मार्फत जानकारी साथ अनुरोध गर्दै ध्यानाकरण गराउँदछौं ।
रोशन विष्ट
नगर सभापति











