काठमाडौँ । आइतबार काठमाडौंमा श्रृखलाबद्ध बम विस्फोटमा घाइते भएका ८ जनाको ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा उपचार भइरहेको छ ।
घाइते अधिकाशलाई नेत्रविक्रम चन्दका कार्यकर्ता भएको आशंकामा प्रहरीले कडा निगरानी राखेर उपचार गरिरहेको छ । सुकेधारा सैलुनमा भएको बिस्फोटका घाइते छोटु ठाकुरले शौचालय गएको बेला सैलुनमा युवाहरु छिरेको न्युज २४ लाई बताएका छन् । न्युज 24 बाट











